टि–२० क्रिकेट: तनहुँ र स्याङजाको दोस्रो जित

पाेखरा | असार १, २०८२

टि–२० क्रिकेट: तनहुँ र स्याङजाको दोस्रो जित

पोखरा:  पोखरमा जारी गण्डकी प्रदेशस्तरीय पुरूष टि२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले लगातार दोस्रो जित दर्ता गरेका छन् । 


समुह ‘ए’ अन्तर्गत पोखरा क्रिकेट रंगशालामा तनहुँले १७७ रनको जित हासिल गर्दा दोस्रो खेलमा स्याङजाले ७८ रनले जित दर्ता गरेको हो । 


प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको लिग चरण अन्तर्गत तनहुँ र म्याग्दी बीचको खेलमा तनहुँले एकपक्षीय प्रदर्शन गर्दै म्याग्दीलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । 


म्याग्दीले टस जितेर पहिला फिल्डिङ रोजेपछि तनहुँले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२३ रनको विशाल योगफल खडा ग¥यो । 


तनहुँको जितमा कृष ऐरले ४८ बलमा १०२ शतकिय पारी खेले । खेलको म्यान अफ दि म्याच कृषले ५ चौका र ११ छक्का प्रहार गरेका थिए । 


त्यस्तै दिपेश अधिकारीले आक्रमक रुपमा खेल्दै २५ बलमा ५१ रन बनाउँदै साथ दिए  । तनहुँका लागि समीर कँडेलले व्यक्तिगत १८ रन बनाए भने सुप्रिम सुनार २३ रनको योगदान दिए । म्याग्दीका लागि रोशन कार्की, सागर कटुवाल, र हरि सुवेदीले समान १–१ विकेट लिए । 


यता म्याग्दीको जवाफमा निराशाजनक प्रदर्शन गर्यो । २२४ रनको लक्ष्य पछ्याउन उत्रिएको म्याग्दी १४.४ ओभरमा जम्मा ४६ रनमा अलआउट भयो ।  रोशन कार्की (१८ रन) बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक पार गर्न सकेनन् । 


तनहुँका लागि सन्दीप पराजुली ४ ओभरको स्पेलमा ८ रन दिँदै ३ विकेट लिंदा चन्द्रकान्त पौडेलले ४ ओभरमा १७ रन दिएर २ विकेट तथा नरेश शाही, वंश क्षेत्री, कृष अयेर, प्रदीप यादव र कबिन्द्र पण्डितले पनि समान रूपमा एक–एक विकेट लिए । 


यस्तै आज नै भएको दोस्रो खेलमा स्याङ्जाले उत्कृष्ट  प्रदर्शन गर्दै बाग्लुङलाई ७८ रनले हरायो ।  टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनायो । 
स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले आक्रामक ब्याटिङ गर्दै ३३ बलमा ६ चौका र ४ छक्का सहित ६१ रनको महत्वपूर्ण इनिङ्स खेले । 


उनलाई मध्यक्रममा अंकित न्यौपानेले २७ बलमा ३६ रन र अश्वनी रानाले १७ बलमा २० रनको साथ दिएका थिए । 


बाग्लुङका बलर अश्विन थापाले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १७ रन खर्चेर ४ विकेट लिए । यस्तै, दीपेश कुँवरले २ र पुष्कर रिजालले १ विकेट लिए । 


१७९ रनको लक्ष्य पछ्याउन उत्रेको बाग्लुङको ब्याटिङ शुरुदेखि नै दबाबमा रह्यो ।  बाग्लुङले पूरै २० ओभरमा १०० रनमै सीमित रहँदा स्याङ्जाका बलरहरू हावी बने । बाग्लुङका लागि दीपेश कुँवरले सर्वाधिक २७ रन बनाए । कप्तान विश्व कार्कीले १५ रन जोडे । 


स्याङ्जाका अश्वनी रानाले ३ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिएर खेलको म्यान अफ दि म्याच घोषित भए । साथै, अंकित न्यौपाने र तुलसीराम भण्डारीले पनि २–२ विकेट लिए ।


समुह एको खेलमा स्याङजा र तनहुँ दुबै टिमले दुई दुई खेल जित्दै ४–४ अंक बटुलेका छन् भने म्याग्दी र बाग्लुङ अंक विहिन छन् । 


भोली (सोमबार)समुह ए अन्तर्गतको अन्तिम लिग खेल हुनेछन् । भोली हुने खेलले सोझै फाइनलमा पुग्ने टिमको टुङ्गो समेत लाग्नेछ । भोलीको पहिलो खेल बाग्लुङ र म्याग्दी तथा दोस्रो खेल तनहुँ र स्याङजाका बीच हुनेछ । 


पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सुरू भएको प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । 


प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।


प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । 


हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।
   


 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्